
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। धनगढीको वडा नम्बर ४ बाट १५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँमा बस्दै आएका चन्द्रशेखर शाहीलाई पक्राउ गरिएको हो।

सुदूरपश्चम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। शाहीको साथबाट ब्राउनसुगरसहित एकएक टयाब्लेट र एक मोबाईल समेत बरामद गरेको डिएसपी विष्टले बताए। उनको स्थायी ठेगाना बझाङको जयपृथ्वी नगरपालिकाका भएको बताइएको छ।
शाहीविरुद्ध लागुऔषधमा मुद्दा दर्ता थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:43
2020/10/27, 6:56
2022/01/02, 11:59
2023/01/17, 5:34