
नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाई अस्पताल भर्ना गरिएको छ । क्यानले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अध्यक्ष चन्द र महासचिव प्याकुरेललाई अस्पताल गरिएको बताएको छ ।

एकसाता अघि कोरोना भाइरसको सक्रमण भएका उनीहरु अझै पूर्ण रूपले निको हुन नसकेपछि थप उपचारका लागि अस्पताल पुर्याईएको हो । अस्पतालमा उनीहरुको छुट्टै आइसोलेसन वार्डमा राखी उपचार भइरहेको क्यानले जनाएको छ । दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । असोज १४ गते उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गत असोज ६ गते चितवनमा कार्यसमितिको बैठक सकेर काठमाडौं आएका उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनीहरु काठमाडौंको एक होटेलमा क्वारेन्टिनमा रहदै आएका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00