धनगढीमा विश्व किर्तिमानका लागि प्रस्तुती हुने
2020/10/13, 2:31
 
binod

धनगढीमा टीकापुरको युवाको असोज २९ र कार्तिक ४ गते दुई विधाको विश्व किर्तिमानको प्रस्तुती हुने भएको छ । नेपाल तेक्वान्दो संघ सुदुरपश्चिम समितिको समन्वयमा धनगढीमा विश्व किर्तिमान बनाउन प्रस्तुती गर्ने भएका हुन् । कैलालीको टीकापुरका एक जना २३ बर्षीय तक्वान्दो खेलाडी विनोद थापाले मार्सल आर्टस विधामा एउटा पुरानो रेकर्ड तोड्ने र एउटा नयाँ रेकर्ड राख्ने तयारीमा जुटेका हुन् । 

1

अक्टुबर १५ (असोज २९ गते २०७७) का दिन एउटा र अक्टुबर २० (कार्तिक ०४ गते २०७७) का दिन अर्को गरी धनगढीमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा किर्तिमान राख्ने कार्यक्रम हुन लागेको हो । विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड पुरानो रेकर्डलाई तोड्ने छन् ।

1

हाल यो रेकर्ड मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । थापा एक घण्टामा चार हजारभन्दा बढी पटक किक हानेर पुरानो किर्तिमान तोड्ने गरी अक्टुबर १५ तारिख अर्थात असोज २९ गते सबै सामु आफ्नो कला प्रस्तुत गर्नेछन् । 

1

थापाले यो रेकर्ड तोड्नुका साथै अर्को विधामा नयाँ किर्तिमान राख्नेछन् । मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाउनेछन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार दुई सयभन्दा बढी पटक किक हानेर रेकर्ड बनाउने छन् । यसको प्रस्तुती अक्टुबर २० अर्थात कार्तिक ०४ गते धनगढीमै गरिनेछ । 

1

रेकर्डका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डको तर्फबाट पत्र आईसकेको र मिति पनि तोकिएकोले सोही अनुसार कार्यक्रम गर्न सुदुरपश्चिम तेक्वान्दो संघले जनाएको छ । दिईएका दुवै मितिमा उनले गिनिज बुकको मापदण्ड अनुसार प्रस्तुती देखाउने छन् । यी दुई विधामा किर्तिमान बनाएपछि थप दुई विधाको तयारीमा जुट्ने उनको योजना रहेको छ । 

1

वैदेशिक रोजगारीसँगै तेक्वान्दोको प्रशिक्षण
झण्डै ९ बर्षसम्म भारत र मलेसियामा वैदेशिक रोजगारीमा गएकै वेला तेक्वान्दोमा लागेका थापा गिनिज बुकमा रेकर्ड राख्नका लागि दैनिक ६ घण्टा अभ्यास गरिरहेका छन् । रेकर्ड राख्नका लागि डेढ बर्षदेखि उनी दैनिक ६ घण्टाको हिसाबले अभ्यास गर्दै आएका छन् । 
परिवारको आर्थिक अवस्थाका कारण कलिलो उमेरमै भारत पसेका थापाले कामसँगै तेक्वान्दो सिकेका हुन् ।

4

महाराष्ट्रमा चाईनिज कुकको रुपमा काम गर्दै उनी तेक्वान्दो सिक्न लागे । दिउँसो र साँझ होटेलको काम र विहान तेक्वान्दो सिकेका उनले त्यहाँ बस्दाखेरी नै ५ बर्ष अगाडी उनले तीन वटा स्वर्ण पदक जितिसकेका छन् । आफ्नो डोजाङबाट छनोट हुदैं अन्तराष्ट्रिय प्रतियोगितामा पनि सहभागीता जनाए । दुई बर्ष खेलेका अन्तराष्ट्रिय प्रतियोगिता खेलेका उनले दुबै बर्ष स्वर्ण पदक जिते । 

1

मुम्बईबाट रोजगारीका लागि उनी मलेसिया हानिए । ५ बर्षसम्म उनी मलेसिया बस्दा पनि तेक्वान्दोलाई छोड्न सकेनन् । त्यहाँ बार टेण्डरको कामसँगै तेक्वान्दो पनि खेलिरहे । उनी घर फर्किएको पाँच महिना पुग्न लागेको छ । तर उनको दैनिकी फेरिएको छैन् । अहिले नेपाल फर्किएर उनी रेकर्ड बनाउने तयारीमा जुटेका छन् । उनी अब नेपालमै तेक्वान्दोमा लागेर अगाडी बढ्ने योजनामा उनी रहेका छन् ।

यो पनि पढ्नुहोस्

टीकापुरका २३ बर्षीय तन्नेरी गिनिज बुकमा रेकर्ड राख्ने तयारीमा