सुदूरपश्चिम प्रदेश फुटबल संघ गठन, अध्यक्षमा श्रेष्ठ
2020/10/13, 3:18
 
football

प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन । कैलाली र कंचनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

कंचनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेज बहादुर चन्द (कंचनपुर) लाई चयन गरेको छ । 

1

त्यस्तै महासचिवमा अमृत शाह (कंचनपुर), कोषाध्यक्ष शंकर श्रेष्ठ (कैलाली), महिला सदस्यमा डम्मरी (रक्षा) महरा (कंचनपुर) र सदस्यहरुमा हेमकृष्ण रंजितकार (कैलाली), लालमन तामाङ (कंचनपुर), नृप बुढा (कैलाली), नितेश रावल (कंचनपुर), गोपाल चौधरी (कैलाली), दिनेश मल्ल (कंचनपुर) र दिनेश बोगटी (कंचनपुर) चयन गरिएको एन्फाका केन्द्रिय सदस्य प्रदेश सिंह राठौरले जानकारी दिए । 

2

एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको प्रमुख आतिथ्यमा प्रदेश फुटबल संघको गठन भएको हो । कार्यक्रममा कैलाली र कंचनपुर जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह र गणेश चन्द लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।