कैलालीको गौरीफन्टा नाकाबाट ४ हजार नेपाली परिक्षण बिना भित्रिए
2020/05/24, 8:01
 
gaurifanta

कैलालीको गौरीफन्टा नाकाबाट आईतबार पनि परीक्षण बिना झण्डै चार हजारको उद्धार गरिएको छ । भारतबाट विभिन्न स्थानबाट सीमामा आईपुगेका तीन हजार नौ सय ६४ जनाको उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । आईतवार दिनभरी तीन हजार नौ सय ६४ जनाको उद्धार गरी सम्बन्धित स्थानीय पालिका पठाउने काम भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आईतबार उद्धार गरिएकाहरुको पनि कोरोना परिक्षण हुन नसकेको प्रहरीले जनाएको छ । भारतबाट फर्किरहेकाहरुको सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउनुपर्ने माग हुदै आएपनि प्रदेश सरकारले किटको अभाव देखाएर सम्भव नभएको बताउँदै आएको छ । यसअघि जेठ ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएकाहरुको आरडीटी परीक्षण गरिएको थियो ।

आरडीटी परीक्षणमा १९ जनाको एन्टीबडी देखाएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । उनीहरु मध्येका पाँच जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । यसअघि जेठ २ गतेदेखि शनिबारसम्म गौरीफन्टा नाकाबाट ८ हजार दुई सय ७९ जनाको उद्धार गरिएको थियो । जेठ २ र ३ गते नौँ सय ५०, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार १४ जना र १० गते एक हजार नौँ सय ५९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उद्धार गरिएका अधिकांशलाई सम्बन्धित पालिकामा पठाईएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले विभिन्न स्थानीय तह र सामाजिक संस्थाको सहयोगमा उद्धार गरिएका नेपालीलाई सम्बन्धित पालिकामा पठाउने कार्य भईरहेको बताए । ८ हजार बढिको उद्धार भएपनि उनीहरुमा समेत कोरोना परीक्षण निकै कमको भएको थियो । स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भर्ने ¥यापिड टेस्ट गरिएको थियो ।

महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालार्ई ¥यापिड  टेस्ट समेत नगरी गाउँ पठाईएको थियो ।  ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।
यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको थिएन् । आईतबार भित्रिरहेकाहरुको समेत परीक्षण हुन सकेको छैन् ।