
नेपाल बाल संगठन कैलालीको अध्यक्षमा विद्यार्थी नेता चुडामणी भट्ट नियुक्त भएका छन् । बाल संगठनको केन्द्रिय कार्य समितिले कैलाली जिल्लाको अध्यक्षमा भट्टलाई नियुक्त गरेको हो । केही समय अगाडी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले नेपाल बाल संगठनको केन्द्रिय तदर्थ कार्य समिति गठन गरेको थियो ।

देशभर रहेका बाल संगठनहरुका शाखामा अध्यक्षहरु नियुक्त गर्ने क्रममा कैलालीमा भट्टलाई जिम्मेवारी दिईएको हो । आफुलाई नेपाल बाल संगठन कैलालीको अध्यक्षमा नियुक्त भएको कुरा फोन मार्फत जानकारी दिईएको भट्टले बताए ।
उनका अनुसार अब जिल्ला कार्य समितिलाई पुर्णता दिईनेछ । भट्ट कैलाली वहुमुखी क्याम्पसका स्ववियु सभापति पनि रहेका छन् । उनी अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08