भारतमा अलपत्र नेपालीको उद्धारका लागि गड्डाचौकी नाका खुला 
2020/05/25, 7:28
 
sima

भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरुलाई आजदेखि उद्धार सुरु भएको छ । आईतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी नाका हुँदै उनीहरुको उद्धार गर्ने निर्णय गरेको हो ।

sima

गड्डाचौकी नाका पूर्ण रुपमा बन्द हुँदा अहिले अवैध नाका हुँदै नेपालीहरु भित्रिन थालेका छन् । त्यो अवैध कार्य रोक्न भन्दै गड्डाचौकी नाका खोलेर उनीहरुको उद्धार गर्न लागिएको हो । उद्धार गरिएकाहरुको स्वास्थ्य परीक्षण पछि मात्रै उनीहरुलाई सम्बन्धित ठेगाना पठाइने प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।

उनले दोधरा चाँदनी ब्रह्मदेव, टनकपुर लगायतका क्षेत्रबाट अवैध नाका हुँदै आउने क्रम बढिरहेपछि त्यसलाई रोक्न तथा कोरोना संक्रमण न्यूनिकरण गर्न यस्तो निर्णय गरिएको बताए । कञ्चनपुरका विभिन्न नाका हुँदै अहिलेसम्म ७ हजार २८९ जना नेपाल भित्रिएका छन । विशेषगरी दोधरा चाँदनी नाका हुँदै नेपाल भित्रिनेको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य परीक्षण बिना घर फर्किनेहरुको लर्को लाग्न थालेपछि प्रशासनले गड्डाचौकी नाका खोलेर उनीहरुको उद्धार गर्ने निर्णय गरेको हो ।