बस दुर्घटनामा सुदूरपश्चिमका दुई जनाको मृत्यु
2020/10/18, 8:12
 
फाईल फोटो

भारतमा बस दुर्घटना हुँदा सुदूरपश्चिमका दुई जनाको मृत्यु भएको छ। भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठोक्किदा कञ्चनपुरका एक दम्पत्तीको मृत्यु भएको हो।

दुर्घटनामा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए।

यस्तै उनका १७ वर्षीय छोरा आनन्द गुरुङ सामान्य घाइते भएको प्रहरी नायब उपरिक्षक थापाले बताए। मृतक दम्पत्तीको शव शनिबार कञ्चनपुर ल्याइएको छ।