मुख्यमन्त्री भट्टले धनगढीमा प्रहरी हत्या घटनाका बारेमा प्रदेश प्रहरी प्रमुखसँग जानकारी मागे
2020/10/20, 1:30

मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको हत्याको घट्नाका बारेमा सुदूर पश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीसँग जानकारी लिएका छन् ।

शनिवार राति धनगढी उपमहानगरपालिका–१० जुगेडा गस्तीमा गएका बेला असई बिक र जवान साउँदको तस्करहरुले निर्ममतापूर्वक हत्या गरेको घटनाको विषयमा उनले जानकारी लिएका हुन् । घटनामा चासो व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रहरीले प्राप्त गरेको उपलब्धी र घटनाका बारेमा डिआईजी सुवेदीसंग बिस्तृत जानकारी लिएको उनको निजि सचिवालयले जनाएको छ ।
डिआईजी सुवेदीले जुगेडा घटनामा प्रहरीले जारी राखेको कारबाही, अनुसन्धान र हालसम्म प्राप्त उपलब्धीका बारेमा मुख्यमन्त्री भट्टलाई जानकारी दिएका थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08