व्याडमिन्टन स्टार प्रिन्स दाहाल गृह जिल्ला दार्चुलामा, के गर्दैछन् ? 
2020/10/21, 12:56
 
pince

नेपाली व्याडमिन्टनका युवा स्टार एयिसाकै उत्कृष्ट जुनियर खेलाडी प्रिन्स दाहाल   गृह जिल्ला दार्चुला पुगेका छन् । एसियाली क्षेत्रकै उत्कृष्ट युवा खेलाडी प्रिन्स यसै साता दशै मनाउन घर पुगेका हुन् ।

1

1

1

एसियाकै उत्कृष्ट खेलाडी हुनुभएका प्रिन्सको गृह जिल्लामा आउँदा उनलाई व्याडमिन्टनको अभ्यास गर्न इन्डोर कोड छैन् । तर प्रिन्सले जिल्ला पुग्दा अभ्यास गर्ने आउट डोर व्याडमिन्टन कोडमा काठको पोल र तलमाथि परेको फिल्डमा कहिलेकाही अभ्यास गर्छन् । 

5

2

उनी अहिले गल्फै स्थित आउटडोरमा कहिलेकाही अभ्यासको लागि पुग्ने गरेका छन् । त्यो बाहेक बिहान उठेर मर्निङ वाक गर्ने गर्छन् । विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन्, जुन नेपालको युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धी हो ।

4

3

1

कोभिडका कारण पछिल्लो समय राम्रोसँग अभ्यास समेत गर्न नपाएको उनको गुनासो छ । दार्चुलाको खलंगामा जन्मिएका प्रिन्सले उमेर समूहमा आफूलाई अब्बल सावित गरिसकेका छन् । प्रिन्स दार्चुला आउँदा बिहान उठेर सेटअफ पुसअप र बिहानी अलिअलि दौडेर दैनिकी बिताइरहेका छन् । 

4

1