धनगढीको त्रिभुवन माविमा ५१ शैयाको क्वारेन्टाईन, हेल्पिङ हेण्डसले पुरै जिम्मा लियो
2020/05/26, 10:12
 
quarentine

धनगढीको त्रिभुवन माध्यमिक विद्यालयमा ५१ जनालाई राख्नेगरी क्वारेन्टाईन स्थापना गरिएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालयसँगको सहाकार्यमा भक्तबहादुर भण्डारी हेल्पीङ हेण्डस फर ह्युमानिटीले त्रिभुवन माविमा ५१ शैयाको क्वारेन्टाईन सञ्चालनमा ल्याएको हो ।

भारतबाट फर्केर क्वारेन्टाईनमा राखिने व्यक्तीको खाना, बस्ने लगायतमा आवश्यक पर्ने सबै व्यवस्थापन हेल्पीङ हेण्डस फर ह्युमानिटीले गरिरहेको संस्थाका सुदूरपश्चिम सल्लाहकार राजबहादुर चन्दले बताए । चन्दले कोरोना प्रभावित भारतका विभिन्न क्षेत्रबाट फर्किएकाहरुका लागि खानाको उचित प्रबन्ध मिलाउनका साथै अन्य आवश्यक सामाग्रीको समेत संस्थाले व्यवस्थापन गरेको जानकारी दिए ।

1

वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐरले भारतबाट फर्किएका ७ जनालाई क्वारेन्टाईनमा राखिएको बताउँदै सीमानाका पुगेका वडाबासीको उद्धार गरी त्रिभुवन माविमा व्यवस्थित ढंगले राखिने जानकारी दिए । उनले क्वारेन्टाईनमा बस्दा संक्रमणको जोखिम नहोस भनेर सामाजिक दुरी कायम गरेर राखिएको बताए । यस्तै क्वारेन्टाईनमा बस्नेहरुको मनोरञ्जनका लागि ईनटरनेट सुविधा समेत उपलब्ध गराईने तयारीमा आफूहरु रहेको वडाध्यक्ष ऐरले बताए ।

3

वडा नम्बर ३ का सदस्य ओम चन्दले हेल्पीङ हेण्डस फर ह्युमानिटीले क्वारेन्टाईनमा बस्नेहरुका लागि खाना, बस्न, ओढ्ने विछाउने, सेनीटाईजर, मास्क, साबुन, कोलगेट लगायतका सबै सामाग्री सहयोग गरेको बताए ।