प्रविधिले फेरेका चाडपर्वः शुभकामना आदान–प्रदान गर्ने शैली डिजिटलमय वन्दै
2020/10/25, 11:31
 
it

प्रविधिको विकाससंगै विजयादशमीमा शुभकामना आदान–प्रदान गर्ने शैली वदलिदैं गएको छ । हातले लेखेर शुभकामना दिएकाहरु पुस्ताहरु पनि नयाँ सूचना प्रविधिको प्रयोग गर्न थालेका छन । सूचना प्रविधिको वढ्दो प्रयोगले शुभकामना दिने शैली डिजिटलमय वन्दै गएको हो । भेटेर शुभकामना दिने पोष्टकार्ड सदने र पुष्पगुच्छा साटासाट गर्ने चलन हराउँदै छ ।

पोष्टकार्ड सहितका शुभकामना कार्ड पठाउने परम्परालाई ईन्टरनेटले विस्थापित गरेको छ । पछिल्ला बर्षहरुमा सामाजिक सञ्जालहरुमा शुभकामना आदान प्रदान भईरहेका छन । केही वर्ष यता  मोवाईल र सामाजिक सञ्जालको प्रयोग गर्दै शुभकामना आदान प्रदान भैरहेका छन । प्रविधिले मानिसहरूलाई परम्परागत शैली पनि बिर्साइदिएको धनगढी उप–महानगरपालिका वडा नम्बर २ का निराजन सिहले बताए ।

चाडपर्वको महत्व उस्तै छन् तर त्यसलाई मनाउने शैली बदलिएको छ । प्रविधिले मानव जीवनमै व्यापक उथलपुथल ल्याइदिएको छ । बजारमा पुगेर पोस्टकार्ड किन्ने, प्रेसमा गएर कार्ड छाप्ने चलन अब हट्दै गएको छ । भेटेर शुभकामना दिने र पुष्पगुच्छा साटासाट गर्ने चलन पनि करिव–करिव हराईसकेको छ । सामाजिक सञ्जाल फेशबुक, ईमेल, ईन्टाग्राम, टुईटर मार्फत शुभकामना आदान प्रदान भैरहेका छन । धनगढीका ८८ बर्षिया दलबहादुर विष्ट पहिले र अहिले शुभकामना दिने शैली फेरिएको वताउँछन् । 

दशैको समायमा भेटेरै शुभकामना दिने, मेला महोत्सवमा मात्र भेट गर्ने र शुभकामना आदान प्रदान गर्ने शैली हराउदै गएको छ । अव शुभकामना दिन भेट्ने पर्ने बाध्यता छैन । सामाजिक सञ्जालको व्यापकताले सबैलाई सजिलो बनाएको छ । दशैंको समयमा भेटघाट गर्ने, पोष्टकार्ड दिने शुभकामना पत्र दिने चलन हट्दै गएपछि त्यसको सट्टामा मोबाइलका ब्याकटोन समेत परिवर्तन हुदै गएका छन् । विजयादशमी तथा दीपावलीको शुभ–अवसरमा यहाँहरूको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना भन्ने ब्याकटोनको प्रयोग हुदै आएका छन ।

फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालका भित्ताहरू यतिबेला शुभकामनाले रङ्गीएका छन । इन्टरनेटको प्रयोगसँगै शुभकामना आदान–प्रदानको शैली नै पूर्णतया डिजिटलमय भएको छ । कतिपय मानिस नयाँ शैलीले खर्च समेत जोगाएको बताउँछन् । चर्चित नायक–नायिका तथा मोडलहरूको तस्बिर भएका पोस्टकार्ड किनेर त्यसको पछाडि सायरी लेखेर शुभकामना पठाउने चलन बन्द भैसकेको छ । समयसँगै धेरै कुरा परिवर्तन भएका छन् । हिजोआज मोबाइल एसएमएस धेरैको प्राथमिकतामा पर्छ । यो सुविधा आउनु पहिले पढेलेखेका मानिसले कागजमा चित्र बनाएर शुभकामना खाममा हालेर चिठ्ठीका रूपमा पठाउँथे । हुलाक सेवा मार्फत दसंै अघि पठाइएका यस्ता कतिपय शुभकामना पोस्टकार्ड तिहारपछि मात्र सम्बन्धित व्यक्तिको हात लाग्थे । नयाँ प्रविधिको सहयोगमा त्यो शैलीले फड्को मारिसकेको छ । क्षणभरमै आफ्नो सन्देश पाउन थालिएको छ ।

ईन्टरनेटमा पहुँच भएकाहरूले सामाजिक सञ्जाललाई नै शुभकामना आदान–प्रदान गर्ने माध्यम बनाउनु अब नौलो रहेन । इन्टरनेटमा रम्नेहरूले त सामजिक सञ्जालको भरपुर प्रयोग गर्दै आएका छन् । नेपालीहरूको घरदैलोमा आएको बडादसैंका बेला सामाजिक सञ्जालहरू शुभकामनाका शब्द र कार्डहरूले रङ्गिएका छन् । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले उपलब्ध गराउने सुविधाका कारण नयाँ पुस्ताले पुरानो शैलीको झनकसम्म पाउने स्थिति छैन । गुप्र च्याट, गुप्र म्यासेज साथै वालमा राखिने कार्डले सजिलै सन्देश प्रवाह गर्न सकिन्छ ।