भारतबाट आएका २ हजार ५ सय जना नेपालीलाई खाना खुवाईयो 
2020/05/26, 2:29
 
khana

भारतका बिभिन्न शहरबाट आएका २ हजार ५ सय नेपालीलाई आज खाना खुवाईएको छ । समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अभियान अन्तर्गत आज २ हजार ५ सय जनालाई खाना र पानी बितरण गरिएको हो । आज राउण्ड टेबल नेपालको सौजन्यमा नेपालीहरुलाई खाना वितरण गरिएको तायलले बताए । खाना पानी अभियान अन्तर्गत आज करीव ३ हजार २ सय बोतल पानी वितरण गरिएको छ । खाना भन्दा पनि अधिकांश व्यक्ति पानी नपाएर तडपिरहेका थिए । उनीहरु खाना भन्दा पनि पानीका लागि आग्रह गरिरहेका थिए ।

1

भारतबाट आएका नेपाली दाजुभाईहरु यसरी खाना र पानी नपाएर तडपिरहेको देखेपछि खाना पानी अभियान शुरु भएको हो । नेपालीहरुलाई खाना वितरण तथा प्याकिङमा समाजसेवी श्याम तायल, चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद, आरपी मोर्डन ईण्डष्ट्रिजका सञ्चालक आदित्य अग्रवाल, राउण्ड टेबलका राहुल बंशल, कृष्ण तायल लगायत मारवाडी युवा परिषद, राउण्ड टेबल धनगढी–अत्तरीयाका सदस्यहरु निरन्तर रुपमा खटिरहेका छन् । आज पानी वितरणका लागि उषा ओभरसिज कष्टम एजेन्ट कैलाली भन्सारले ११ हजार रुपैया, निर्मल टे«ड एण्ड अर्डर सप्लायर्सका राकेश गुप्ताले ५० कार्टुन मिनरल वाटर र अनमोल विश्वास सुसेन्टरका सञ्चालक शरद रावलले मिनिरल वाटरका लागि ५ हजार रुपैया सहयोग गरेका छन् ।

3

भारतबाट भोकै आएका नेपालीहरुलाई खाना तथा वितरण गरिरहेको दृष्य तथा समाचार पढेर मनकारी व्यक्तिहरुले स्वर्फुतढंगले यो अभियानमा सहभागिता जनाएका हुन् । नेपालीहरुलाई सीमा क्षेत्रमा खाना र पानी खुवाउने अभियानबाट प्रभावित भएर वेष्र्टन फार्मेसीका तर्फबाट सञ्चालक प्रमोद शर्माले एक हजार जनालाई खाना खुवाउन ५० हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी तायलको अगुवाईमा शुरु भएको यो अभियानमा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद लगायत संलग्न छन् । केही दिनयता यो अभियानमा देशबिदेशबाट थुप्रै मनकारी व्यक्ति जोडिएका छन् । आज सुप यातायातका तर्फबाट अध्यक्ष पदम सापकोटा लगायतको टीमले ५० कार्टुन पानी, रोयल कोलेबोरोटिभ र सुदूरपश्चिम फाउण्डेसनले पनि खाना र पानी खुवाईरहेका छन् ।