
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् । आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी, बन्धुत्व, सामाजिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

बडा दशैँले आपसी सद्भाव, भातृत्व कायम गरी एक आपसमा खुसीयाली साटासाट गर्ने अवसर समेत प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री भट्टले गरेका छन् ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08