
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै प्रक्रिया थालनि गरिने बताएका छन्। मङ्गलवार महाकाली नगरपालिका १ मा सुख्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए। वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थीति बुझेर प्रक्रिया शुरु गर्ने उनले बताए।

मन्त्री भट्ट सँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो। सुख्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम शुरु गरेको बताइएको छ। मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गते देखि काम शुरु गर्ने जनाइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08