सिएसएसडीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
2020/05/26, 11:43
 
help

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९  को सम्भावित खतराबाट जोगाउन सहयोग पुर्याउने उद्देश्यले केयर नेपालको सहयोगमा सामाजिक विकासका लागी सचेत समाज सीएसएसडीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कैलालीको भजनी, टिकापुर, लम्की चुहा नगरपालिका र कैलारी गाउँंपालिकालाई  क्वारेन्टाईन र स्वास्थ्य चौकी वर्थिङ सेन्टरहरुमा प्रयोग गर्नका लागि  पिपिई सेट लगायत अन्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरेको सामाजिक विकासका लागि सचेत समाज कैलालीका परियोजना संयोजक भरत विकले बताए । पिपिई (व्यक्तीगत सुरक्षाका सामग्रीहरु) लगायत अन्य सरसफाई तथा सुरक्षाका सामग्रीहरु गरी तीन लाख सताईस हजार बराबरको सामग्रीहरु ह्स्तान्तरण गरिएका हुन् ।

यस अघि सोही संस्थाले ८ लाख २५ हजार बराबरको पिपिई सेट तथा सुरक्षाका सामाग्रीहरु सेती प्रादेशिक अस्पताल धनगढीलाई हस्तान्तरण गरेकोे थियो । ११ लाख ५२ हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भरत विकले बताए ।