
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा एक लाख दिने प्रतिबद्धतानुसार डोटी चेम्बर्स अफ कमर्शका अध्यक्ष साउदले आफ्ना आमा इन्द्रादेवी साउद र बुबा खड्गबहादुर साउदको नाममा उक्त चेक नगरका वडा नं. ९ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर साउदलाई हस्तान्तरण गरे ।
नगरपालिकामा ५० सामुदायिक विद्यालय छन् । ‘राष्ट्रकालागि योगदान’ संस्थाका जिल्ला संयोजक दीपेन्द्र खड्काले सोही विद्यालयमा पाँच हजार ५०० र नेपाल स्वयंसेवक सङ्घ जिल्ला कमिटीका संयोजक धनबहादुर कुमालले १० हजार रकम सहयोग गर्नुभएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27