
धनगढीका ९२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा वडा नम्वर ५ का संक्रमित पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनको १७ गतदेखि प्रादेशिक अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार आज विहान उनको मृत्यु भएको हो । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।
सेतीमा उपचारका क्रम ५ जना संक्रमितको ज्यान गएको छ । सुचना अधिकारी श्रेष्ठले उपचारका क्रममा सेतीमा कोरोना कहर सुरु भए भएदेखि हालसम्म ५ जनाको मृत्यु भएको बताए । उनीहरु सबैको उपचार गर्दागर्दै मृत्यु भएको हो ।
तर कतिपयको भने मृत्यु पछि पनि कोरोना पोजेटिभ आएको छ । सुदुरपश्चिममा हालसम्म कोरोनाबाट ३६ जनाको मृत्यु भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00