
कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालीका १ घोडाघोडी मन्दिर नजिकै से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुखडका सुरेश लामिछानेको मृत्यु घोडाघोडी अस्पतालले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका १ स्थित घोडाघोडी ताल अगाडी भएको सवारी दुर्घटना गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार सुखडका सुरेश लामिछाने गम्भिर घाइते भएका थिए ।

उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलामा प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । मृतकका आफन्तहरूले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00