कैलालीको गौरीफन्टाबाट झण्डै २० हजार भित्रिए, डेढ हजारको मात्रै परिक्षण
2020/05/27, 11:17
 
sima

कैलालीको गौरीफन्टा नाकाबाट भएर झण्डै २० हजार नेपाली भित्रिएका छन् । ९ दिनको अवधिमा झण्डै २० हजार नेपालीहरुको सीमा नाकाबाट उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट फर्किएर सीमा नाकामा अलपत्र परेका १९ हजार पाँच सय ४८ जनाको उद्धार गरिएको प्रशासनले जनाएको छ ।

बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौँ सय ५९, ११ गते तीन हजार नौ सय ६४, १२ गते दुई हजार दुई सय २७ र १३ गते ५ हजार दुई सय ४२ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीको ¥यापिड  टेस्ट गरिएको थियो । उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालार्ई ¥यापिड  टेस्ट समेत नगरी गाउँ पठाईएको थियो।  ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।

यस्तै ९ गतेदेखि १३ गतेसम्म आएका कसैको पनि ¥यापिड टेस्ट समेत गरिएको छैन । भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ । तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुको परीक्षण हुने बताए ।