शिअ उसु क्वानको १४ औं वार्षिकोत्सव
2020/11/09, 8:26
 
usu

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा स्थित शिअ उसु क्वानले १४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । क्वानका उपाध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारदमुनि राना रहेका थिए । र्षिकोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य रानाले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने बताए ।

अहिले सरकारले खेलाडीहरुको हकमा उत्कृष्ट काम गर्न सकेको छैन ।’ उनले भने– खेलकुदलाई स्वास्थ्यसंगै जिविकोपार्जन, रोजगारी, सुरक्षासंग जोडन आवश्यक छ ।’ प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर विष्ट, शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेशकुमार खाती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

2

साउथ एशियन रेफ्री अस्मिता जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रतन खातीले गरेका थिए । यस्तै वार्षिकोत्सवकै अवसरमा दुई जना उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको छ । क्वानले वर्ष उत्कृष्ट खेलाडीमा एलिशा खाती र वर्ष अनुशासित खेलाडीमा सुवास भुल सेठ्ठीलाई सम्मान गरेको हो । उनीहरुलाई दोसल्ला र प्रमाणपत्र वितरण गरी प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले सम्मान गरेका हुन ।