
कञ्चनपुरको सदरमुकाम स्थित महेन्द्रनगर बजारमा क्षेत्रमा राजा आउ देश बचाउ भन्दै प्रदर्शन गरिएको छ । देशमा विभिन्न राजनितिक दलले गर्दा देशमा संकट छाएको भन्दै राप्रपा जिल्ला समितिको आयोजनामा मंगलवार बजार क्षेत्रमा राजा आउ देश बचाउ भन्दै प्रदर्शन गरिएको हो ।

राष्ट्रवादी युवाहरुले राष्ट्रवादी आन्दोलनको महाकालीबाट सुरु गर्ने अभिप्रायका साथ र्याली प्रदर्शन गरिएको राप्रपा जिल्ला समितिका जिल्ला अध्यक्ष पुर्ण बहादुर चन्दले बताए ।

उनका अनुसार राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था आएपछि बजार क्षेत्रको मदनचोक हुँदै बजार क्षेत्रमा प्रदर्शन गरिएको छ ।
राज संस्था सहितको लोकतन्त्र, प्रजातन्त्र तथा हिन्दु राज्य कायम गर भन्ने लगायतका नारा सहित र्याली प्रदर्शन गरिएको छ
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08