डडेल्धुराको रिसोर्टमा युवती मृत फेलाः हत्याको आशंका, प्रहरी जवान पक्राउ
2020/05/27, 7:38
 
death

डडेल्धुरामा रातो गुँरास रिसोर्टमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरिएको छ । अमरगढी नगरपालिका –७ की २१ वर्षीया निर्मला बोहोरा आज बिहान कोठाको बाथरुममा मृत अवस्थामा फेला परेकी थिइन । कपडा ईस्त्री गर्ने आइरनको तारमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

खाना खान बोलाउन जाँदा कोठाको बाथरुममा बोहरा मृत अवस्थामा फेला परेपछि होटलका कर्मचारीले प्रहरीलाई जानकारी गराएका थिए । तर युवतीसँगै रहेका एक व्यक्ती मृतकको शव भेटिँदा कोठामा नपाइएकाले घटना रहस्यमय बनेको छ । ती युवती मंगलबार साझ पोखराबजारबाट रिसोर्टतर्फ गएकी थिईन । त्यस्तै प्रारम्भिक अनुसन्धानमा पनि युवती आफैले रिसोर्टमा गएर कोठा बुक गरेको खुलेको प्रहरीले जनाएको छ । युवतीसँगै एक प्रहरी जवान समेत रहेको भन्ने खुलेपछि त्यही आधारमा ती प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ती प्रहरी जवान अजयमेरु गाउपालिका –२  चमडा चौकीमा कार्यरत रहेको बताईएको छ । यद्यपी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले  बोहोरोको हत्या वा आत्महत्या हो भन्नेबारे अनुसन्धान जारी रहेको बताए ।