कैलालीमा नदीमा डुवेर र करेन्ट लागेर दुई जनाको मृत्यु
2020/05/27, 9:48
 
sab

कैलालीमा नदीमा डुवेर र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कैलालीमा नदीमा डुवेर एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका वडा नम्वर ५ का दशरथ विकका ९ बर्षीय छोरा निरज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । कान्द्रा नदीमा डुवेर उनको मृत्यु भएको हो । 

यता धनगढीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ४ मा जगत मल्लका १४ बर्षीय छोरा आभाष मल्लको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार गएराति १२ बजे घरको बरण्डामा गएका उनलाई विद्युतको मेन लाईनको तारबाट करेन्ट लागेको थियो ।

मेन लाईनको तारमा छोईएपछि करेन्ट लागेको हो । करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि माया मेट्रो अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।