खेलाडी संघ कैलालीका अध्यक्ष तथा कराँते प्रशिक्षक चन्द सम्मानित
2020/11/21, 6:44
 
samman

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द काठमाडौमा सम्मानित भएका छन । काठमाडौमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय  खेलाडी तथा सामाजिक अभियन्ताका रुपमा सक्रिय चन्दलाई सम्मान गरिएको हो । उनलाइ नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टद्वारा सम्मान प्रदान गरिएको हो । 
 2
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन भुमिका खेलेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रतियोगितामा नेपाललाई विभिन्न पदक दिलाउन सफल रहेको तथा महिला हिंसा विरुद्धको अभियान “प्रहार“ मार्फत १५ हजार महिलालाइ आत्मरक्षा तालिम प्रदान गरि महिलालाइ रक्षात्मक रुपमा आत्मबल बढाउन योगदान पुर्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । 

1
 
नेपाल सितोरियो कराते, सतुङग्ल डोजोको आयोजनामा सम्मान प्रदान गरिएको हो । सम्मान समारोहपछि प्रतिक्रिया दिदै चन्दले यो सम्मानले समग्र खेलकुदको विकास र सामाजिक अभियानमा निरन्तरता दिन थप उर्जा प्रदान गरेको बताए । चन्दले आगामी दिनमा पनि निरन्तर खेलकुद क्षेत्रमा योगदान दिन प्रतिबद्ध रहेको बताए । 

1