धनगढीमा आगलागी, झण्डै ४० लाखको क्षती
2019/09/19, 4:19
 

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको एक पसलमा आगलागी भएको छ। केवी अटो पाट्समा आगलागी हुँदा झण्डै ४० लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ। विश्वकर्मा पुजा गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सञ्चालक विक्रम ऐरले आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको बताए। स्थानीय, प्रहरी र दमकलको सहायतामा अहिले आगो नियन्त्रण भईसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।