
कञ्चनपुरको पुनर्वासमा बिधुत सर्ट हुदा एक सिलाई पसलमा आगलागी भएको छ ।बुधबार राती पौने १० बजे बिधुत सर्ट हुँदा पुनर्वास९६ स्थित न्यु काठमाडौ मामा टेलर्समा आगलागी भएको हो ।

आगलागीबाट उधारो लेनदेनको खाताहरु, बिहेका लागि सिलाउन दिएका कोट पाईन्टहरु ,सिलाउन बाकी कपडाहरु, सिलाई मेसिन , फर्निचर र नगद २५ हजार सहित करिब ७ लाख रुपैयाँ बराबरको नोक्सान भएको टेलर्स सञ्चालक अशोक दर्जीले जानकारी दिए ।
उनका अनुसार बाटोमा हिड्ने बटुवाले आगो लागेको थाहा पाएपछि वरपर सबैलाई जानकारी गराएको र स्थानीय सबैको सहयोगबाट आगो करिब एक घण्टा पछि नियन्त्रणमा आएको बताए

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/01/10, 12:38
2022/11/14, 6:02
2020/08/22, 8:00