कांग्रेसलाई सरकारमा आउन निम्ता दिनु दुई तिहाईको निर्लज्जता: नेता बलायर
2020/11/28, 7:21

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले कांग्रेसलाई दुई तिहाईको निर्लज्जताले सरकारको भूमिकामा आउन निमन्त्रणा पठाएको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन डोटीले दिपायल आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘दुई तिहाईको निर्लज्जताले हामीलाई भूमिकामा आउन निम्तो पठाएको छ’ उनले भने, ‘निम्तो पठाउनु भनेको नेपाली राजनीतिको अभिशापपूर्ण क्षण हो। निम्तो आयो भन्दैमा स्विकार गर्नुपर्ने र सहर्ष रूपमा त्यसलाई ग्रहण गरेर अगाडि बढ्नुपर्छ भन्ने छैन।’
देश अस्थिरतामा जान र देश बर्बाद हुनुभन्दा कांग्रेस मध्यावधिक निर्वाचनका लागि अगाडि बढ्न सक्ने उनले बताए। नेकपाको जोडाई, फुटाई र गराईसँग नेपाली कांग्रेसको कुनैपनि संलग्नता नरहेको बताउँदै उनले कांग्रेसलाई नेपाली जनताले प्रतिपक्षमा बस्न जनादेश दिएको बताए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53