सुदूरपश्चिममा थप ९० जनामा कोरोना संक्रमण पुष्टि 
2020/11/28, 8:15
 
corona

सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा झण्डै साढे ३ सय जनाको परीक्षण गर्दा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र कमलबजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३०  जनाको परीक्षण गर्दा थप ९० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ७ जनाको परीक्षण गर्दा ८२ जना, डडेद्यल्धुरा प्रयोगशालामा ९ जनाको परीक्षण गर्दा ४ र कमलबजार नगरपालिकाको प्रयोगशालामा १४ जनाको परीक्षण गर्दा ४ संक्रमण पुष्टि भएको उनले बताए।  

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ७४ सहित थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।  

धनगढी उपमहानगरपालिकाका ११ जना, टीकापुर नगरपालिकाका २९ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका ७ जना, कैलारी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको उनले बताए।  

यस्तै घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका /२ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १÷१ जनामा कोराना पुष्टि भएको छ। यस्तै डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना, डोटीको जोरायल गाउँपालिकाका १ जना, त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ९२ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ३ सय ३ जनाले कोरोना जितेका छन् भने ५१ जनाको मृत्यु भएको छ।