
पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–५ छम्फापुर नजिक आइतबार मोटरसाइकल दुर्घटनामा परि प्रहरी हवल्दार रामबहादुर विष्टको मृत्यु भएको छ ।

झलारीबाट महेन्द्रनगर आउदै गरेका विष्ट सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल र से १ च १४०६ नम्बरको ट्रक एक आपसमा ठोक्किदा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए ।
उनकाअनुसार विष्ट दोधारा–चादँनी झुलुङगे पुल स्थित प्रहरी चौकीमा कार्यरत थिए । ठक्कर दिने ट्रक र चालक यज्ञराज भट्टलाई प्रहरीकोे नियनत्रणमा रहेको डिएसपी थापाले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 10:14
2021/02/12, 8:26
2021/09/14, 1:56
2022/07/28, 5:48