
नेपाली सेनाको सैन्य दर्जाको परिक्षामा २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नक्कली परिक्षार्थी र परिक्षामा सहभागि नभएका १ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार लोक सेवाले लिएको नेपाली सेना सैन्य दर्जाको लिखित परिक्षामा सहभागि भएका नक्कली परिक्षार्थी सुमन खण्डका र परिक्षामा सहभागि नभएका मुकेश भण्डारीलाई पक्राउ गरिएको हो ।
बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय भण्डारी र निजको सट्टा परिक्षामा सहभागि भएका डोटीको सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

भिमदत्त नगरपालिका वडा नम्बर ४ को कञ्चन विद्या मन्दिर परिक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 12:16
2020/11/01, 2:44
2021/04/15, 6:10
2022/10/06, 11:01