
१५ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले खेलकुदतर्फ २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको छ ।
बिहीबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन भएको हो । यो बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ६३ करोडले कम हो । कोरोना महामारीका कारण यस पटक स्वास्थ्य , शिक्षा तथा रोजगार जस्ता क्षेत्रको बजेट प्राथमिकतामा पर्दा खेलकुदको बजेट घटेको हो ।
अर्थमन्त्री अतिवडाले आगामी आवका लागि खेलकुद पूर्वाधारमा ध्यानमा राख्दै बजेट ल्याएको जानकारी दिए । युवा परिचालनदेखि खेलकुद पूर्वाधार निर्माण, नवौं राष्ट्रिय खेलकद आयोजना, कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार निर्माण, निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको लागि बजेटको व्यवस्था गरिएको उनले बताए ।
जुम्लामा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । यस्तै बजेटमा युवा उद्यमशिलता विकासका लागि सबै प्रदेशमा युवा प्रवर्धन केन्द्र स्थापना गरिने उल्लेख छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/11, 1:06
2022/05/20, 5:30
2020/07/15, 6:56
2023/01/27, 12:43