
अछाममा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । चौरपाटी गाउँपालिका अन्तर्गत मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का १९ बर्सिय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।

मंगलसेन देखी धनगढी तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुदाँ अन्य १७ जना घाईते भएका जिल्ला टाफिक कार्यालय अछामका देवन्द्र खड्काले बताए । उनका अनुसार बस दुर्घटनाको थप बिबरण आउन बाँकी रहेको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52