
सरकारले पश्चिम सेती जल विद्युत योजनामा लगानी यकिन गरि कार्यान्वयन गर्ने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।

३६ वर्षसम्म तीन देशका तीन कम्पनीले अल्झाएको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि ‘नयाँ मोडल’ को खोजी मै अलमलमा परेको छ । यसअघि लगानी बोर्डको सञ्चालक समितिको बैठकले आयोजना निर्माणको लागि नयाँ मोडल खोजी गर्ने भन्दै समिति गठन गरेको थियो।
अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी सम्मिलित समिति गठन भएको थियो । थ्री गर्जेजले आयोजनाबाट हात झिकेपछि विकल्पको खोजी गर्न उच्च स्तरीय समिति गठन गरिएको थियो। तर सो समितिले पनि कुनै काम गर्न सकेन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07