
अछाम जिल्ला अस्पताल मंगलसैनमा अत्याधिक रक्तश्रावका कारणले एक सुत्केरी महिलाको ज्यान गएको छ । तुर्माखाँद गाउँपालिका–४ का ३८ वर्षीया नामसरा कामीको सुत्केरी भएर अत्याधिक रक्तश्राव हुँदा सोमबार राती मृत्यु भएको हो ।

सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि सोमबार बेलुका जिल्ला अस्पतालमा ल्याएको र सोमबार राती १२ बजे नामसराको मृत्यु भएको जिल्ला अस्पताल अछामका निमिक्त प्रमुख डा.अतुल भारद्धाजले बताए ।
जिल्ला अस्पताल अछामका अनुसार नामसरा छैटौं पटक आमा बन्न लागेकी थिइन् । अस्पतालमा रगतको अभाव हुँदा नामसराको मृत्यु भएको रगतको व्यवस्थापन गर्न नसकिएको डा.भारद्धाजले बताए । शिशुको पेटमा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41