
कैलालीको टिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर १ मा सोमबार राती से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालिका–६ का ४६ वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

दुर्घटनामा परी घाइते भएका बिष्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए। चालक टीकापुर नगरपालिका १ बस्ने टेकबहादुर विष्ट र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41