धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाको आयोजनामा भोलीदेखि पहिलो भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ३५ बर्ष उमेर समुहका खेलाडीहरुले मात्रै भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पाउँनेछन् । प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष डबल थापाले जानकारी दिए ।
प्रतियोगितामा कैलारी गाउँपालिका, कञ्चनपुर भेटन ११, बोराडाँडी युवा क्लब, लालझाडी युवा क्लब, धनगढी युवा क्लब, रोयल गोर्खा महेन्द्रनगर, स्टार सिटी युथ क्लब, विवाईसि अत्तरिया र आयोजक टिम मनकामना युवम क्लबको ए र बी टीको सहभागीता रहेको छ ।
क्लबका अध्यक्ष थापाले खेलकुद प्रतियोगिताले हरेक उमेर समुहका मानिसलाई स्वस्थ बनाउन महत्वपुर्ण भुमिका खेल्ने हुदाँ ३५ बर्ष उमेर समुह भन्दामाथिका खेलाडीहरुका लागी भेट्रान फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए ।
युवा अवस्थामा खेल जिवनमा सक्रिय रहेका खेलाडीहरु लाई पनि भेट्रान प्रतियोगिताले फाइदा पुग्ने जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् । प्रतियोगितामा प्रथम पुरुस्कार ४० हजार र द्धितीय पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ ।