
वन तथा वातावरण मन्त्रालयले रुख कटान, ढुवानी र ओसारपसार रोक्न निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेशलाई पनि यस्तो निर्देशन दिईएको छ । सात वटै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई वन तथा वातावरण मन्त्रालयले निर्देशन दिएको हो ।

नेपाल सरकार मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको भन्दै कार्यान्वयनका लागि परिपत्र गरिएको हो । मन्त्रालयका सह–सचिव तथा प्रवक्ता सिन्धुप्रशासद ढुङगानाले रुख कटानी र ढुवानीको नाममा वन क्षेत्रको दुरुपयोग भईरहेको भन्दै तत्कालका लागि कटानी, ढुवानी र ओसारपसार रोक्न निर्देशन दिईएको बताए ।
रुख, काठ र गोलिया जहाँ जुन अवस्थामा छन् त्यस्लाई सोही अवस्थामा सुरक्षित राख्न समेत भनिएको छ । यो निर्देशनसंगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम समेत रोकिने भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41