कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन
2020/12/08, 8:07
 
nagar

कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन गरिएको छ । तत्कालिन दोधारा र चाँदनी गाविस मिलेर बनेको यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका राख्ने निर्णय नगर सभाले गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए ।

नगर सभाको निर्णय सुदूरपश्चिम सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले नाम परिवर्तनका लागि मन्त्रि परिषदमा प्रस्ताव लगेको थियो । मन्त्रालयको प्रस्ताव अनुसार दोधारा चादँनी नामकरण भएको हो ।