धनगढीमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ, स्वास्थ्यका लागि खतरापूर्ण 
बढ्दै छ वायु प्रदूषण 
2020/12/12, 2:08
 
hawa mapan

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको हावा प्रदुषण अन्तयन्तै अस्वस्थ रहेको पाईएको छ । हालै स्थापना गरिएको प्रदुषण मापन केन्द्र्रका अनुसार धनगढीको हावा स्वास्थ्यका लागि खतरापूर्ण रहेको देखाईएको छ ।  नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले नेपालका विभिन्न स्थानहरुको हावाको अवस्था अस्वस्थ रहेको देखाएकोमा धनगढीको हावा अझ बढी प्रदुषण भएको पाईएको हो ।

2
नेपालमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ अवस्थामा पुगेको भनेर तीन वटा शहरलाई भनिएको छ । त्यसमा धनगढी पनि परेको हो । धनगढीसँगै विराटनगर र भक्तपुरमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ अवस्थामा पुगेको छ  । काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रसँगै नेपालगञ्ज, महेन्द्रनगर, दाङ, हेटौँडा, धनकुटा, भरतपुर लगायतका ठाउँमा रहेका मापन केन्द्रले रातो संकेत दिएर स्वास्थ्यका लागि खतरापूर्ण अवस्था रहेको बताएका छन् ।  मापन केन्द्रहरूले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वा दुई सयभन्दा बढी भएमा बैजनी रङ्ग देखाएर अत्यन्तै अस्वस्थ रहेको सङ्केत गर्छन् भने एक सय ५० देखि दुई सयको बीचमा भएमा रातो रङ्ग देखाएर खतरापूर्ण रहेको सङ्केत गर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । तर अहिले देशका सबैजसो मापन केन्द्रमा अक्वा एक सयभन्दा उकालो लागेको छ । फोक्सोको रोग, क्यान्सर, मुटु सम्बन्धी समस्या र मस्तिष्क घात सबै वायु प्रदूषणसँग जोडिएको डाक्टरहरु बताउँछन् ।

नेपालमा बढिरहेको वायु प्रदूषण र रोगको सम्बन्ध बढेसँगै विज्ञहरुले वायु प्रदूषणलाई नयाँ धुम्रपानको संज्ञा दिन थालेका छन् । वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ । यो सुर्तीजन्य धूमपानभन्दा धेरै हो । मौसमी अवस्था, विभिन्न ठाउँमा बालिने आगो, सवारी साधनबाट निस्कने धुवाँ तथा उद्योगलगायतका कारण वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।