
नेपाली काँग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको बताएका छन् ।

काँग्रेसद्धारा धनगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आएको बताए ।
उनले सरकारलाई ठेगानमा नलगाएसम्म नेपाली काँग्रेस घर फिर्ता नहुने अडान सुनाए ।

सरकार शक्तिशाली छ ।तर जनतालाई शक्तिशाली बनाउन सरकारले कुनै काम गरेको छैन हावादारी गफमा समय बिताईरहेको छ, उनले भने, सरकार हावादारी सरकार मुर्दाबाद । युवा नेता थापाले सरकार अकमण्र्य र गैर जिम्मेवार भएको बताए ।
उनले भ्रष्टाचार गर्दैन भन्ने सरकारले वाईड बडी पुरै खाएको बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27