
धनगढीमा दिन दहाडै मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । मालपोत कार्यालय अगाडी पार्किङ गरेको मोटर साइकल चोरेर फरार भएका घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीका १६ वर्षीय अर्जुन विष्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले बताए ।

आज दिउँसो १२.५० मा धनगढी उप–महानगरपालिका वडा नं १ मालपोत कार्यालय अगाडी पार्किङ गरेको से ३ प ३७४ नम्बरको सुपर स्पिलिण्डर लगेर फरार भएका उनलाई अस्थायी प्रहरी पोस्ट पहलमानपुरबाट खटिएको प्रहरी टोलीले ६ बजेर २० मिनेटमा राजमार्ग क्षेत्रबाटै पक्राउ गरेको उनले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27