
अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उक्त टुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन् ।

यसैगरी घाइते हुनेहरुमा बैतडी पाटन नगरपालिका बस्ने २७ वर्षीय योगेश कठायत तथा परशुराम नगरपालिका आलीताल बस्ने ३० वर्षीय डम्मर साउद रहेका छन् । घाइतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से१क ७५४ नंको टिपर गए राति दुर्घटनामा परेको हो । टिपर सडकबाट कम्तीमा पनि ५०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/08, 1:15
2020/08/19, 12:00
2021/01/29, 4:00