
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ८ का ट्याक्टर चालक २६ वर्षीय नरेश बहादुर विष्ट रहेका छन्।

सुपप्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा बिहीबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।
ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07