
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र एक हप्तासम्मका लागि बन्द गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी सहित समुदाय स्तरमा कोभिड १९ संक्रमण फैलिएपछि बिहीबार आकस्मिक बैठक बसी पुस ३ गतेदेखि एक हप्तासम्मका लागि दोधारा चाँदनी नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।

यस अवधिमा नगरपालिका र वडा कार्यालयहरूमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने, सबै शिक्षण संस्था पूर्णरूपमा बन्द गर्ने, बैंक तथा वित्तीय संघसंस्था र व्यापारिक पसलहरू बिहान १० देखि दिउँसो १ बजेसम्म मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले बताए ।
अत्यावश्यक कामकाज बाहेक घरबाहिर ननिस्कन नगरपालिकाले सार्वजनिक अपिल गरेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/08, 1:15
2020/08/19, 12:00
2021/01/29, 4:00