
धनगढी बसपार्कमा शिवपुरी यातायात प्रालिले काउण्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात ठप्प सेवा सुरु गरेका छन् । धनगढी उपमहानगरपालिकाले सहमतिको प्रयास थालेपछि यातायात सुचारु गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए ।

नयाँ यातायात प्रालिलाई काउण्टर राख्न दिने नगरपालिकाको निर्णयको बिरोधम उत्रिएका यस प्रदेशका पुरानो यातायात प्रालि सुदूरपश्चिम यातायात, कर्णाली रिभर, मालिका यातायात, खप्तड मालिका यातायात, कैलाली यातायात र गोदावरी यातायात प्रालिले सुदूरपश्चिममा यातायात सेवा ठप्प गरेका थिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/08, 1:15
2020/08/19, 12:00
2021/01/29, 4:00