
बैतडीको मेलौली नगरपालिका–९ बाट मेलौली बजारतर्फ गइरहेको सुप प्रदेश ०११२ त ४५७७ नम्बरको ट्र्याक्टर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् । बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार मृत्यु हुनेमा मेलौली नगरपालिका–९ का ३२ वर्षका नारायण भट्ट र नामथर पनि एउटै भएका ५८ वर्षीय नारायण भट्ट रहेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिकाका चालक २५ वर्षीय अमृत चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।डिएसपी अधिकारीका अनुसार ट्र्याक्टर सडकबाट १ सय मिटर जति तल खसेर दुर्घटना भएको हो । उनले घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/08, 1:15
2020/08/19, 12:00
2021/01/29, 4:00