एनआरएनएले सुदूरपश्चिममा ‘मोबाइल ब्लड बस’ सहयोग गर्ने
2020/12/21, 12:04
 
nrn

 गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदूरपश्चिम  प्रदेशका मोबाइल ब्लड बस सहयोग गर्ने भएको छ ।  गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समितिको हिजो सम्प्न्न  सचिवालय बैठकले एनआरएनए मोबाइल ब्लड बैंक परियोजना अन्तरगत दोश्रो बस सुदूरपश्चिम प्रदेशका लागि धनगढीमा  उपलब्ध गराउने अभियान शुरु गर्ने निर्णय गरेको महासचिव  हेमराज शर्माले जानकारी दिए । 

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समितिको आइतवार सम्पन्न पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।  यस अभियानका लागि धनगढी उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटी कैलाली, ह्युमानिटी फाउण्डेसन नेपाल, टीकापुर सरोकार समूह, विश्वका बिभिन्न मुलुकमा रहेका समाज, सुदूरपश्चिम सरकार, सुदूरपश्चिमका परोपकारी संघ संस्थाहरु, समाजसेवीहरुको सकृयता रहने छ ।

सो अभियानमा सुदुरपश्चिम नेपाली समाजको सक्रिय सहभागिता र सहयोग सदा झै रहने थापाले बताए ।  संघले शुक्रवार घुम्ती रगत संकलन बस भरतपुर उपमहानगरपालिका मार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरेको थियो ।