प्रधानमन्त्री कप सुदूरपश्चिम छनोटः आज दुबै सेमिफाईनल हुदैं
2020/12/22, 11:23
 
sprost

कैलाली जिल्ला क्रिकेट संघको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट विकास समितिको आतिथ्यतामा धनगढीमा जारी प्रादेशिक महिला क्रिकेटको सेमिफाईनलका खेलहरु आज हुदैछन् । धनगढीको फाप्ला मैदानमा जारी प्रदेश स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको मंगलबार दुई वटै सेमिफाईनलका खेल हुन लागेका हुन् । 

पहिलो सेमिफाईनलमा कैलाली र कञ्चनपुरले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो सेमिफाईनलमा बैतडी र बझाङ खेल्दैछन् । समुह ए बाट बैतडी विजेता र कैलाली उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् भने दोस्रो सेमिफाईनलमा समुह बी को विजेता बन्दै कञ्चनपुर र उपविजेता बन्दै बझाङ सेमिफाईनलमा पुगेको छ ।

वुधबार छनोट प्रतियोगिताको फाईनल हुनेछ । यस छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिमको टोली छनौट हुनेछ । प्रतियोगिता पुस ११ देखि दाङको लमहीमा हुदैछ । प्रतियोगिताको खेल तालिका पनि सोमबार सार्वजनिक भईसकेको छ ।