
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक अर्बको लगानीमा चार तारे होटल सञ्चालनमा आउने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर १३ राजपुरमा चार तारे होटल मार्वल सञ्चालनमा आउने भएको हो ।

स्वीट रुम सहित ८२ रुम, स्वीमीङ पुल, क्यासिनो, क्लव, स्पा लगायतका सुबिधासहित होटल सञ्चालनको तयारी भएको हो । होटलको निर्माणमा एक अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।
केही महिनाभित्र सञ्चालनमा आउने मार्वली प्रालिको स्वामित्वमा रहेको होटलको निर्माण सम्पन्न भईसकेको छ । होटल धनगढी–अत्तरीया सडकखण्डको राजपुरमा निर्माण भएको छ । तारे होटल सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/17, 1:52
2021/10/30, 11:31
2024/03/04, 4:52